सिटिजन्स बैंक टेनिसमा राजुको विजयी सुरुआत

काठमाडौं । राजु श्रेष्ठले आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा विजयी सुरुआत गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा आइतबार भएको खेलमा राजुले अपूर्व थापालाई ६–२ र ७–५ को सोझो सेटमा पराजित गरे ।

सोही स्पर्धाको अन्य खेलमा हरिबहादुर बस्नेत, आज्ञबहादुर भण्डारी, शिवप्रसाद सेढाईं, शरण गुरुङ, अशोक सिंह, गोपी भट्टराई, उत्तम बोगटी, मनोज शाह, हेमराज ढकाल, महेश श्रेष्ठ, राजु गोला, युवराज थापा र विमल गुरुङले जित हात पारे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा नेपाल टेनिस संघको प्राविधिक सहयोग भइरहेको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा भीष्मराज पौडेल, रोबर्ट हान, मानबहादुर कटुवाल, दावा सोनाम शेर्पा, छोमविक्रम शाह, मनोजकुमार श्रेष्ठ, भीष्मजंग गुरुङ, जितेन्द्र परियार, अनिल साइ, सुवास केसी, सन्तोष खत्री, छेवाङ लामा, राजेन्द्र श्रेष्ठ, अतीतलाल श्रेष्ठ र सीमान्त गुरुङ अघिल्लो चरणमा प्रवेश गरे ।

प्रतियोगिताको सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतियोगितामा १ सय ३७ खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष समेत रहेका नेपाल टेनिस संघका महासचिव मनोहर दास मुलले जनाएका छन् ।

विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ ।

कुल नगद पुरस्कार राशि ५ लाख १७ हजार ५ सय रुपैयाँ रहेको छ । प्रतियोगिता वैशाख १७ गते सम्पन्न हुने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *