जनमतका अरुणकुमार मण्डलले विराटनगर महानगरकाे मेयरमा दिए उम्मेदवारी

विराटनगर । सीके राउत नेतृत्वको जनमत पार्टीकाे तर्फबाट अरुणकुमार मण्डलले विराटनगर महानगरको मेयरमा मनोनयन दर्ता गराएका छन्।

रितिका दूध डेरीका सञ्चालकसमेत रहेका मण्डलले मेयरमा मनोनयन दर्ता गरेका हुन्। मण्डल जनमत पार्टीका महानगर अध्यक्ष हुन्।

उनीसहित सो पार्टीले १२ वटा वडा अध्यक्षमा पनि मनोनयन दर्ता गराएको छ। मण्डलका अनुसार आइतबार १२ वडामा मनोनयन दर्ता गरिएको छ । साेमबार उपमेयरसहित अन्य वडा अध्यक्षहरुको मनोनयन दर्ता गराउने उनले बताए।

विराटनगरमा कूल १९ वडा रहेका छन्। महानगरको मेयरमा आइतबार थप दुई स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। उपमेयर पदमा भने अहिलेसम्म कसैको उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Comments

One response to “जनमतका अरुणकुमार मण्डलले विराटनगर महानगरकाे मेयरमा दिए उम्मेदवारी”

  1. dr harishankar mandal Avatar
    dr harishankar mandal

    best of luck

Leave a Reply

Your email address will not be published. Required fields are marked *