काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा र्यापर बालेन्द्र शाह (बालेन) ले मनोनयन दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समर्थक युवासहित पुगेका बालेनले पुरानो पुस्ताको क्रमभंगता गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।

बालेनले चुनावी घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको कल्पना गरेका छन् ।
शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा पनि उनले महत्वाकांक्षी योजना अघि सारेका छन् ।

तस्बिरहरू : उमेश कार्की ।

Leave a Reply