काठमाडौं । आजदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुन: वितरण शुरु गरेको छ ।
१० महिनापछि मीनभवनस्थित पानीट्यांकीबाट आजदेखि मेलम्चीको पानी पुन: वितरण थालिएको हो । अहिले पनि अधिकांश स्थानमा नयाँ पाइपको परीक्षण गर्न बाँकी भएकाले पनि पुरानो पाइपबाट नै वितरण थालिएको हो ।
गत वर्ष पनि सुरुमा थोरै परिमाणबाट पानी वितरण थालिएको थियो । अहिले सुरुमा पाँच करोड लिटर पानी ल्याइने र विस्तारै बढाइनेछ ।
गत वर्ष असारमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बाढीका कारणले क्षतिग्रस्त बन्दा कोही पनि आयोजनास्थल पुगेका थिएनन् ।
केही महिना पहिले सडक मर्मत गरेर आयोजनाका संरचना खुलाइएपछि हाल पानी काठमाडौँ ल्याइएको हो । आजदेखि तालिका बनाएर पानी वितरण गरिने केयुकेएलले जनाएको छ ।

तस्बिरहरु : गाैरब पाैडेल

Leave a Reply