काठमाडौं । काठमाडौंको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । गुडिरहेको मोटरसाइकल बिजुलीको पोलमा ठोकिएर भएको दुर्घटनामा ओखलढुंगाको सुनकोसी गाउँपालिका–६ का कमल आलेमगर र गोपाल आलेमगरको मृत्यु भएको बताइएको छ ।
आज बिहान करिब ५ बजे उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका उनीहरुको ट्रमा सेन्टरमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

Leave a Reply