क्यान्सरपीडित मधेसकी सांसद झाको निधन

 

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की मधेस प्रदेश सांसद डिम्पल झाको निधन भएको छ ।

रौतहट घर भएकी उनी लोसपा नेता तथा संघीय सांसद अनिल झाको श्रीमती हुन् । क्यान्सरपीडित उनको अल्पायूमै निधन भएको छ ।

झा मधेस प्रदेशमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री समेत बनेकी थिइन् । उनको निधनपछि मधेसवादी दलका नेताहरु सामाजिक संजालमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *