नेकपा एसका जिल्ला सदस्य, कांग्रेसका प्रस्तावित वडा अध्यक्षसहित एमालेमा प्रवेश

कैलाली । अछामको ढकारी गाउँपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसका प्रस्तावित वडा अध्यक्ष सहितका नेताहरू नेकपा एमालेमा प्रवेश भएका छन् ।

नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र सहितका नेताहरू एमालेमा प्रवेश गरेको एमाले ढकारी गाउँ संगठन कमिटीका प्रचार संयोजक लाल बहादुर साउँदले जानकारी दिए ।

पूर्व इलाका संयोजक तथा हाल नेपाली कांग्रेसका प्रस्तावित वडा अध्यक्षका उम्मेदवार राम बहादुर थापा सहितको सिङ्गो टिम नेकपा एमालेमा प्रवेश गरेको छ ।

जसमा नेपाली कांग्रेस गाउँ कमिटी सहसचिव दीपकराज थापा, वडा कमिटी सचिव पहल कामी, टोल सभापति धर्मराज थापा, टोल कमिटी सचिव चिरञ्जीवी बुढा, टोल कमिटी सह सचिव नृप थापा, टोल कमिटीका अग्रज सदस्य हर्क बहादुर थापा लगायत ६३ जना नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेकाे साउँदले दाबी गरे ।

यसै गरी नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य सहित ७ जना पनि नेकपा एमालेमा प्रवेश गरेका छन् । जसमा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य डम्बर साउद, धन बहादुर बि.क.लगायत रहेका छन् ।

यसै गरी नेकपा माओवादी केन्द्रबाट हितमान थापा लगायत ५ जना एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् ढकारी गाउँपालिका इन्चार्ज टोप बहादुर शाहीले स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *