काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंह, अन्य उम्मेदवार तय गर्न बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको छ । नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनाको उम्मेदवारीमा शीर्ष नेताहरुबीच सहमति भइसकेको छ ।

बाँकी महानग र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टुंगो लगाउँन केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दैछ । शीर्ष नेताहरुको बैठकमा बिराटनगर र ललितपुरको मेयरबारे टुंगो लाग्न सकेको छैन ।

अन्य दलले मेयर पाएका पोखरा,बिरगन्ज र भरतपुरको उपमेयरमा पनि आकांक्षीहरुको ठूलो संख्या रहेकाले नेताहरु आन्तरिक छलफलमा छन् । काठमाडौंको हकमा भने प्रकाशमानले नै अन्य आकांक्षीहरु मिलाएपछि सहज भएको नेताहरुले बताएका छन् ।

Comments

One response to “काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंह, अन्य उम्मेदवार तय गर्न बैठक बस्दै”

  1. ksp pyl Avatar
    ksp pyl

    आफूलाई सभापतिमा जिताएकाे गुन तिर्न देउवाले प्रकाशमानकाे बुढीलाई मेयरमा सिफारिश गरे । जिन्दगीभर काँग्रेस भनेर हिडेकाहरू हिस्स ।बागी त आउनुपर्ने हाे । देउवाले प्रधानमन्त्री र सभापती सुनिश्चित गर्ने भन्दा अरू कुनै काम गर्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *