काठमाडौं । दुई वर्षपछि आजदेखि भौतिक उपस्थितिमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु भएको छ । एसईई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्रमा पहिलो दिन ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी भएका थिए ।
दुई वर्ष कोरोना महामारीका कारण भौतिक उपस्थितिमा बोर्ड परीक्षा हुन सकेको थिएन । दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट विद्यार्थीलाई एसईई पास गराइएको थियो ।
यस पटकको परीक्षाको पहिलो दिन परीक्षा हलमा विद्यार्थी मात्र होइन परीक्षा नियन्त्रकले समेत मर्यादा विपरीत परीक्षा हलमा मोबाइल फोन लगेर परीक्षा दिँदै गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका छन् । परीक्षाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि परीक्षाको विश्वसनीयता प्रति नै प्रश्न उठेको छ ।
परीक्षा हलमा मोबाइल फोन तथा इलेक्ट्रिक सामान लैजान नपाइने नियम छ ।
पहिलो दिनको परीक्षा सकेको केही बेरमा नै टिकटकमा परीक्षा दिँदै गरेको भिडियो छ्यापछ्याप्ती भेटिन थालेका छन् । परीक्षा केन्द्रमा गार्ड बसेका शिक्षक शिक्षिकाहरूले नै परीक्षा दिइरहेको भिडियो टिकटकमा सार्वजनिक गरिरहेका छन् । भने केही परीक्षार्थीले आफूले लेखेको उत्तर पुस्तिकाको भिडियो खिचेर टिकटकमा राखेको छ ।
@ree..tuydv #see ♬ original sound – Shivendra Yadav
लक्ष्मी शर्मा ६०५ नामको टिकटक आइडीबाट विद्यार्थीले परीक्षा दिइरहेको दुई वटा टिकटक भिडियो पहिलो दिन तीन वर्ष पछि एसईईको दिँदै भाइबहिनी भनेर सार्वजनिक गरेकी छन् ।
उनी उक्त विद्यालयमा निरीक्षकको रूपमा खटिएकी थिइन् । परीक्षाको मर्यादा विपरीत उनले परीक्षा दिँदै गरेको भिडियो टिकटकमा हालेकी हुन् । उनको भिडियो हेर्दा उनी पवन माध्यमिक विद्यालय परासीकी शिक्षिका देखिन्छिन् ।
यस्तै आजको परीक्षाको टिकटकमा आफूले लेखेको उत्तर पुस्तिकाको भिडियो खिचेर टिकटकमा पोस्ट गरेको देख्न सकिन्छ । तर त्यो त्यसरी भिडियो बनाउने कुन विद्यालयको हो भन्ने खुलेको छैन ।
टिकटकमा भेटिएको अर्को तराईको एउटा विद्यालयमा भइरहेको परीक्षा बाहिर प्रहरीकै सामु विद्यार्थीलाई अभिभावकले चिट चोराइरहेको देखिन्छ । परीक्षा केन्द्रमा खटिएका प्रहरी नदेखेझै गरी हिँडिरहेको देखिन्छ । उक्त टिकटकमा बाहिर चिट चोराउन अभिभावकहरूको भीड देखिएको छ । यी भिडियोहरू टिकटकमा सार्वजनिक भएपछि परीक्षामाथि प्रश्न उठाउन थालिएको छ ।
@rajukapar509 @ajaykapar54 @bikee_kapar_000 @ktbhai0 #foryou #fyp ♬ original sound – Yunabi blossom♡
परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले भने परीक्षा हलमा अमर्यादित काम गर्नेलाई अहिलेसम्म कारबाही गरेको छैन ।
परीक्षा नियन्त्रक अर्जुन रायमाझीले त्यस्तो भेटिएमा कारबाही हुने बताए ।
उनले भने,‘हाम्रो मान्छेले भेट्यो भने कारबाही हुन्छ । मोबाइल लिएर जान पाइँदैन । अहिले हामी जिल्ला शिक्षा इकाईलाई कारबाही गर्न निर्देशन दिन्छौँ ।’
परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।
@laxmisharma605 #aaj pahilo din see ko #tin barsha paxi exam didai bhai bahini haru#आफ्नो भबिस्य खोज्दै#foryoupage #laxmisharma #trending #🚴🏇👩🦼#jhamki ♬ original sound – aishwaryadhakal12

Leave a Reply