प्रेस काउन्सिलमा ऋषि धमलाले लिए पत्रकार आचारसंहिताको क्लास

काठमाडौं । जहाजभित्रबाट टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरेर विवादमा आएका पत्रकार ऋषि धमलाले शुक्रबार प्रेस काउन्सिल पुगेर पत्रकार आचारसंहिताको कक्षा लिएका छन् ।

काउन्सिलले सुरु गरेको नयाँ अभ्यासअनुसार आचारसंहिताको कक्षा लिने उनी पहिलो पत्रकार हुन् ।

धमलाले प्रधानमन्त्री चढेको जहाजभित्र कर्मचारीहरुसँग हुलहुज्जत गरेका थिए । यस विषयमा काउन्सिलले धमलालाई स्पष्टीकरण सोधेको थियो । धमलाले दिएको जवाफपछि काउन्सिलले उनलाई एकदिनको अभिमुखीकरण कक्षामा सहभागी गराउने तथा आइन्दा आचारसंहिताविपरीतका हर्कत नदोहोर्‍याउन सचेत गराउने निर्णय गरेको थियाे ।

पहिलो निर्णयअनुसार शुक्रबार धमलालाई अभिमुखीकरण कक्षामा सहभागी गराइएको हो । उक्त कक्षामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, पूर्वअध्यक्ष गोपाल बुढाथोकी, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, पूर्वअध्यक्षहरु तारानाथ दाहाललगायतले पत्रकार आचारसंहिताबारे धमलालाई पढाएका थिए ।

ध्यानपूर्वक करिब आधा घन्टा कक्षा लिएपछि धमलाले धेरै कुरा बुझेको जस्तो गरेको स्रोतले बतायो । उनले अरुलाई पनि पत्रकार आचारसंहिताबारे बुझाउने बताएका छन् ।

Comments

One response to “प्रेस काउन्सिलमा ऋषि धमलाले लिए पत्रकार आचारसंहिताको क्लास”

  1. Toran Pun Avatar
    Toran Pun

    Yo Dhamala poni patrakar horw???

Leave a Reply

Your email address will not be published. Required fields are marked *