विम्बल्डन ग्रान्डस्लाममा रुसी खेलाडीलाई प्रतिबन्द लगाएकोमा युक्रेनी खेलाडीको आपत्ती

लन्डन । आक्रमणको विषयलाई लिएर सबै रुसी खेलाडीलाई आसन्न विम्बल्डन ग्रान्डस्लाममा प्रतिबन्ध लगाउनु आपत्तिजनक रहेको एक शीर्ष युक्रेनी टेनिस खेलाडीले बताएकी छिन्।

विम्बल्डन आयोजक अल इङ्ल्यान्ड लन टेनिस क्लबले युक्रेनमाथी रुसले आक्रमण गरेको विषयलाई लिएर उक्त निर्णय लिएको थियो। रुसको समर्थन गरिरहेको बेला रुसका खेलाडीलाईसमेत उक्त प्रतियोगितामा प्रतिबन्ध लगाइएको छ।

टेनिसका अन्तर्राष्ट्रिय महासंघ एटिपी र डब्लूटीएले विम्बल्डनमा सबै खेलाडीलाई प्रतिबन्ध लगाउने त्यस्तो निर्णयको विरोध गरेको छ। युक्रेनकी विश्व चर्चित टेनिस खेलाडी एलिना स्भितोलिनाले रुसले गरिरहेको आक्रमणको विरुद्धमा रहेका रुसी र बेलारुसी खेलाडीलाई भने विम्बल्डन खेल्न दिइनुपर्ने बताएकी हुन्।

‘हामी उनिहरु (बेलारुसी र रुसी खेलाडी)लाई पूर्ण प्रतिबन्ध होस् भन्ने चाहँदैनौँ’, स्भितोलिनाले भनेकी छिन्, ‘यदी कुनै खेलाडीले आक्रमणको विरोध गरेको छैन भने उनिहरुलाई सहभागि हुनबाट रोक लगाउनु जायज छ ।’ उनले ती देशका खेलाडीलाई युक्रेनमाथि भइरहेको आक्रमणविरुद्ध बोल्न आह्वान गरेकी छिन्।

की त उनिहरु हामी वा बाँकी विश्वसँग हुनुपर्छ की त रुसी सरकारसँग। त्यसबारे उनिहरुले स्पष्ट पार्नुपर्छु, उनी भन्छिन, ‘जसले त्यस्तो छनोट गरेको छैन वा सरकारलाई समर्थन गरेको छैन भने उनिहरुलाई प्रतियोगितामा खेल्न दिइनुपर्छ। २७ वर्षीय स्भितोलिनाले हालसम्म ग्रान्डस्लामको उपाधि जित्न सकेकी छैनन्। सन् २०१९ मा उनी विम्बल्डन र यूएस ओपनमा सेमिफाइनलसम्म पुगेकी थिइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *