काठमाडौं । पछिल्लो दिन निरन्तर घटिरहेको सेयर बजार आज भने सामान्य अंकले वृद्धि भएको छ । आज बजार ४.९४ अंकले वृद्धि भएको हो । ०.२१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २३२५ अंकमा पुगेको छ ।
आज १ अर्ब ६२ करोड ९१ लख ६८ हजार ८ सयको सेयर कारोबार भएको छ । २ सय ३१ वटा कम्पनीका ३९ लाख ९१ हजार ५१ कित्ता सेयर खरिदबिक्री भएको छ ।
जाल्पा सामुदायिक लघुवित्त र ग्रीन भेन्चरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । नेष्डो समृद्ध लघुवित्तको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । हिजो पनि यही कम्पनीको सबैभन्दा धेरै कारोबार भएको थियो ।

Leave a Reply