कपिलवस्तुको समशेर दल गणभित्र गोली चल्यो, एक महिला गम्भीर घाइते

रूपन्देही । कपिलवस्तुको बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित समसेर दल गणभित्र गोली चल्दा महिला सिपाही गम्भीर घाइते भएकी छन् ।

बुधवार साँझ ७ बजे भएको गोली प्रहारबाट कोपिला राजवंशी नाम गरेकी सिपाही घाइते भएकी स्रोतले बताएको छ ।

स्रोतको अनुसार घाइते राजवंशीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको बताइएको छ । घटनाको विषयमा प्रहरीले कुनै तथ्य सार्वजनिक गरेको छैन ।

प्रहरीले घटनाको विषयमा पछि जानकारी दिने बताएको छ । स्रोतका अनुसार राजवंशीले आफूले गोली चलाएको दाबी गरेको छ ।

घाइतेको छातीबाट छिरेको गोली पिठ्युबाट निस्केको सैनिक श्रोतले बताएको छ। घाईतेलाई अहिले थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएको लुम्बिनी प्रादेशिक अस्पताल श्रोतले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *