विरराटनगर । मोरङको रतुवामाई नगरपालिका–९ भौडा चोकबाट लागुऔषध ट्याब्लेट सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–९ का २० वर्षीय विवेक घिमिरे रहेका छन् ।
मे ११ प ९९२४ नम्बरको मोटरसाइकलमा आमबारीबाट उर्लाबारी तर्फ जाँदै गरेका घिमिरेलाई प्रहरी चौकी इटहराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध नाईट्राभेट २१० ट्याब्लेट र ७ बोतल कोरेक्स बरामद गरेको थियो ।
लागु औषध सहित पक्राउ परेका घिमिरेको सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply