काठमाडौं । ठमेलस्थित होटल मनाङमा एक आइरिस नागरिक मृत भेटिएका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरले आइरिस नागरिक एलेन म्याक्स मृत भेटिएको बताए ।
उनी स्वीमिङ पुल नजिकै रक्ताम्य भएर लडिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
होटलको छैटौँ तलामा बस्दै आएका म्याक्स बुधबार बिहानै मृत भेटिएपछि होटल व्यवस्थापनले प्रहरीलाई खबर गरेको थियो । एसएसपी कुँवरले घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए।

Leave a Reply