काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा गौरवशालीबीच एकीकरण घोषणा गरिएको छ ।
मंगलवार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित पार्टी एकता घोषणा सभामा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नेकपा गौरवशालीका भविश्वर पराजुलीसहितको टिमलाई स्वागत गरेका थिए ।

विगतमा माओवादीबाट अलग भएका पराजुलीको समूहले २०७५ सालमा नेकपा गौरवशाली गठन गरेका थिए ।
२०७० सालमा माओवादीले चुनाव हारेपछि १० वटा माओवादी पार्टीबीच एकता एकता प्रयास गरे पनि एकाएक एमालेसँग एकता गरेपछि आफूहरू अलग भएको पराजुली बताए ।

नेकपा एमालेसँगको एकता सैद्धान्तिक वैचारिक नभएको र केपी ओली कम्युनिस्ट पनि नभएकाले आफूहरू त्यस बेला एकतामा सहभागी नभई अलग पार्टी बनाएको बताए ।
उनले माधव नेपालको नेतृत्वमा कम्युनिस्ट क्रान्ति सफल हुने ठहर गर्दै नेकपा एससँग एकता गरिएको बताए ।

तस्बिरहरु : उमेश कार्की

Leave a Reply