फुटबलर रोनाल्डोपत्नीको गर्भ खेर

काठमाडौं । म्यानचेस्टर युनाइटेडका फुटबलर क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेजको भ्रुण खेर गरेको छ । क्रिस्टियानोले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरूलाई उक्त दुखद घटनाबारे दिएका हुन्।

क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेजले गत वर्ष अक्टोबरमा आमाबुवा बन्न लागेको घोषणा गरेका थिए। पोर्चुगिज नागरिक रोनाल्डो र उनकी २८ वर्षीया श्रीमती जर्जिना रोड्रिग्वेज जुम्ल्याहा बच्चाको आमाबुवा बन्न लागेका थिए ।

क्रिस्टियानोले इन्स्टाग्राममा लेखेका छन्, ‘‘धेरै दु:खका साथ यो भन्नुपर्छ कि हाम्रो छोरा यो संसारमा रहेन। हामी यो घटनाले गहिरो पीडामा छौं र यो समस्याको समयमा हाम्रो गोपनीयताको सम्मान गर्न अपिल गर्दछौं।

क्रिस्टियानोको यो पोस्टपछि विश्वभरका उनका फ्यानहरुले उनलाई माया र समवेदना पठाइरहेका छन्।

रोनाल्डो सन् २०१० मा पहिलोपटक पिता बनेका थिए। उनको छोराको नाम क्रिस्टियानो जुनियर हो। यसपछि सन् २०१७ मा क्रिस्टियानो जुम्ल्याहा सन्तानको पिता बनेका थिए।

क्रिस्टियानोको जर्जिना रोड्रिग्वेजसँग पनि पहिला जन्मिएकी एक छोरी छिन्। उनको जन्म २०१७ मा भएको थियो। उनीहरुकी छोरी सकुशल छिन्। रोनाल्डो र जर्जिनाले यो दुःखमा पनि छोरी साथमा भएकीले केही आशा दिएको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *