ज्ञानेन्द्र र गिरिजाबाट धोखा पाएका जर्नेल दीप्तप्रकाशको गुमनाम अन्त्य

काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालाका सधैं चर्चामा रहेका  नेपाली सेनाका पूर्व जर्नेल दीप्तप्रकाश शाहको सोमबार साँझ ८६ वर्षको उमेरमा निधन भएको छ ।

नेपाली सेनाको उपरथिबाट अवकाश पाएका सुरक्षाविज्ञ शाह राष्ट्रियसभाको सांसदमा राजाबाट मनोनित भएका थिए । तर राजाबाटै मनोनित रमेशनाथ पाण्डेको बारेमा गरेको टिप्पणीपछि दरवारको दबाबमा उनले सांसद पदबाट राजीनामा दिएका थिए ।

निधन भएका शाहको मंगलबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उनका छोरा सत्यम शाहले नेपाल प्रेसलाई बताए ।

दाहसंस्कारअघि पार्थिव शरीर श्रद्धान्जलीका लागि गैरीधारास्थित निवासमा राखिने भएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएका बेला दीप्त प्रकाश शाह सर्वाधिक चर्चित र प्रभावशाली व्यक्ति थिए ।

बेलायतमा कानून विषयको अध्ययनपछि नेपालमा फर्किर उनी तत्कालीन शाही नेपाली सेनामा भर्ति भएका थिए । शाह दुल्लुका अन्तिम राजा जंगबहादुर शाहका साहिँला छोरा हुन् ।

यदि रजौटा प्रथाको अन्त्य नभएको थियो भने उनी दुल्लुका राजा बन्ने लाइनमा थिए । सेनामा जागिर खाएकै बेला कांग्रेसबाट चुनाव लड्न गएका शाह अन्तिममा गिरिजाप्रसाद कोइरालाबाट धोखा भएपछि स्वतन्त्र उम्मेदवार बनेको उनका भतिज शन्तोष शाहले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *