४६ जिल्लाकाे मतपत्र छापियाे

काठमाडौं । निर्वाचन आयोगले ४६ जिल्लाका लागि आवश्यक पर्ने ९६ लाख ९४ हजार मतपत्र छपाई कार्य सम्पन्न भएको  छ ।

आयोगले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले यस्तो जानकारी गराएका हुन् ।

आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने जनाएको छ ।

त्यसमध्ये सोमबारसम्म ४६ जिल्लाका लागि आवश्यक पर्ने ९५ लाख २५ हजार थान मतपत्रको छपाई कार्य सकिएको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *