तालमेलबारे पार्टी निर्णय नमान्नेलाई कांग्रेसले अनुशासनको कारबाही गर्ने

काठमाडौं । नेपाली कांग्रेसले गठबन्धनबारे पार्टीले गरेको निर्णय उल्लंघन गर्नेलाई अनुशासन कारबाही गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले पार्टीले गरेको निर्णयविरुद्ध नलाग्न मातहत सबै समितिहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।

कांग्रेस उपसभापति एवं परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले पार्टी निर्णयको पालना नहुनुलाई विधान र अनुशासन उल्लघंनको रुपमा लिने स्मरण गराएको हो ।

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार बैठकले चुनावी तालमेलबारे पार्टीको केन्द्रीय समितिले गरेको निर्णय सबैले मान्नुपर्ने बताए ।

‘आजको बैठकमा पार्टीको केन्द्रीय समितिले गठबन्धनका सन्दर्भमा गरेको निर्णय पालना गर्नु सबैको नैतिक दायित्वको विषय हो । यसको उल्लघंन गर्नु पार्टीको अनुशासन जोडिने विषय हो । त्यसैले पार्टीको निर्णय सबैले मान्नुपर्छ भन्ने छलफल बैठकमा भएको छ’, महरले पत्रकारहरूसँग भने ।

बैठकले विभिन्न ७ वटा समितिहरू गठन गरेको छ । जुन यसप्रकार छन्-

१. भ्रातृ संघ समन्वय एवं परिचालन समिति

२. शुभेच्छुक संस्था समन्वय एवं परिचालन समिति

३. जिल्ला सम्पर्क समन्वय एवं परिचालन समिति

४. विदेशस्थित जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति

५. अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमिति

६. निर्वाचन सुरक्षा निकाय उपसमिति

७. आचार सहिंता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति

Comments

4 responses to “तालमेलबारे पार्टी निर्णय नमान्नेलाई कांग्रेसले अनुशासनको कारबाही गर्ने”

  1. ksp pyl Avatar
    ksp pyl

    देउवाले प्रधानमन्त्री खानलाई काँग्रेसलाई तिलान्जली दिंदा पनि अरूले चुप लाग्नुपर्ने ? यस्ता तानाशाह पनि प्रजातन्त्रवादी ?

    1. Top khand Thakuri Avatar
      Top khand Thakuri

      सबै ठाउँ मा यो सम्भावना छैन काङ्ग्रेस कार्यकर्ता ले कदापी अन्यत्र भोट हाल्ना सक्दैन्न यो कुरा म पनि मान्न तयार छैन बरु कार्बाही के हो म भोग्ना त्यार छु तालमेल भ्य अब्स्य काङृशी साथी हरु स्वतन्त्र रुप मा चुनाब लडदा हुन्छ हामी अब्स्य जित्छौ जितेर देखाउछौ तिमी हरुको ताल्मेल तेहि घाम मा सुकोस

  2. shiva paudel Avatar
    shiva paudel

    जे भने नि मान्दिनु पर्ने पाजीहरु।अब बिद्रोह हुन्छ।

  3. मदन Avatar
    मदन

    भारतिय काङ्ग्रेसको हालत बनाउे भयाे देउवाले

Leave a Reply

Your email address will not be published. Required fields are marked *