काठमाडौं । वीरगन्जमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय एक व्यक्ती पक्राउ परेका छन् ।
बाराको प्रसौनी गाउँपालिका स्थायी घर भई वीरगन्ज उपमहानगरपालिका—१६ बस्ने पलट चौधरी पक्राउ परेका हुन् ।
गत चैत २६ गते खेलिरहेकी ६ वर्षीया बालिकालाई पलटले आफ्नो घरमा लगेर बलात्कार गरेको आरोप लागेको छ ।
पर्सा प्रहरी प्रमुख रमेश बस्नेतले पक्राउ परेका चौधरीमाथि अनुसन्धान भइरहेको बताए ।

Leave a Reply