सुदूरपश्चिमेलीले मनाए काठमाडौंमा सिस्नु चिलाएर विसु पर्व

काठमाडौं । नयाँ बर्षको पहिलो दिन अर्थात बैशाख एक गते सुदूरपश्चिममा सिस्नु चिलाएर मनाइने बिसु पर्व काठमाडौंमा पनि मनाइएको छ । नौखुवा प्रतिष्ठान नेपाल र नब्सको आयोजनामा ‘विसु त्यारउनि सैनु चिलाउन्या र सुखाउनी दुखाउनी हर्न्या रे चाहा खान्या कार्यक्रम’ चावहिलको नब्स स्कुलमा सम्पन्न भएको हो ।

नयाँ वर्षको सुभारम्भ हुने दिनका रूपमा नयाँ वर्षको दिन सुदूरपश्चिमका पहाडी जिल्लामा विसु पर्व मनाइने गरिन्छ । विसु पर्वकै अवसरमा नौखुवा प्रतिष्ठानले आफ्नो भाषा, संस्कृतिको विकास र संरक्षणमा टेवा पुग्ने उद्देश्यले कार्यक्रमआयोजना गरेको हो ।

कार्यक्रममा साहित्यकार तथा भाषा, संस्कृतिप्रेमी पूर्ण रावलले विसु पर्व र भाषाको विकासक्रमका बारेका आफ्नो धारणा राखेका थिए । कार्यक्रममा साहित्यकार महेन्द्र उपाध्यायले अछामी भाषाप्रति गहिरो प्रेम व्यक्त गर्दै यसको मौलिक र ऐतिहासिक पक्षको खोजी गर्न ढिलो नगर्न सुझाव दिए ।

कार्यक्रममा साहित्यकार एमपी पाण्डे, कमलराज केशी, विवेक ओझा, राजेन्द्र तारकिणी, हिमाल उदासी, तारा प्रसाद पाण्डे, एकेन्द्र खड्का अछामी, हेमन्त शिशिर, धर्मराज न्यौपाने, मिठ्ठु रावल, जनक उपाध्याय, भुवन तिमिल्सैना, कपिल सिजापती, विवेक खड्का, गायक गोपाल जङ्ग थापा, शेर वहादुर साउँद, सञ्जन धामी, हास्यकलाकार हेमराज अधिकारी (खण्टेखलास), शिवराज खनाल, एसबी साउँद लगायतले अछामी भाषा संस्कृतिमाथि चासो र चिन्तासहित आफ्नो प्रस्तुति राखेका थिए ।

औपचारिक कार्यक्रमपछि देउडा खेल पनि लगाइएको आयोजक संस्था नौखुवा प्रतिष्ठान नेपालका अध्यक्ष्य कमल भण्डारी (संघर्ष)ले जानकारी दिए ।

Comments

One response to “सुदूरपश्चिमेलीले मनाए काठमाडौंमा सिस्नु चिलाएर विसु पर्व”

  1. Prayag Raj KHANAL Avatar
    Prayag Raj KHANAL

    Great job done

Leave a Reply

Your email address will not be published. Required fields are marked *