भरुवा बन्दुक चलाउँदा १ जनाको मृत्यु

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–१ रातमाटेमा भरुवा बन्दुक चलाउदा १ जनाको मृत्यु भएको छ ।

मंगलबार बेलुका साँढे ५ बजे सोहि स्थानका ४७ बर्षीय सुर्य बहादुर खत्रीले छिमेकीको गोठमा गई भरुवा बन्दुक चलाउदा आफ्नै पेटमा लागी घाईते भएका थिए ।

गम्भिर घाइते भएका खत्रीलाई उपचारको लागी जिल्ला अस्पताल भोजपुर लगिएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *