मुगु । मुगुमा नेपाली सेनाको हेलिकप्टरमार्फत एक सुत्केरी महिलाको उद्धार गरिएको छ । छायाँनाथ रारा नगरपालिका–३ की २३ वर्षका देवकी भामलाई नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलवार उद्धार गरिएको हो ।
उनका अनुसार मुगुमा सुविधा सम्पन्न आइसियु र विशेषज्ञ चिकित्सकको अभावमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको सक्रियतामा मङ्गलवार भामलाई उद्धार गरी सुर्खेत रिफर गरिएको हो ।
उनलाई सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत निफर गरिएको स्वास्थ्य कार्यालय मुगुका स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले जानकारी दिए ।
सुत्केरी भामलाई बी नेगेटिभ रगत आवश्यक परेको हुँदा कतै पनि नभेटिएकाले सुर्खेतमा निफर गरिएको र अहिले सुत्केरी भामको अवस्था सामान्य रहेको उनकाे भनाइ छ ।

Leave a Reply