काठमाडौं । भारतका अधिकांस सञ्चारमाध्यम मानौं छिमेकी मुलुकका नकारात्मक समाचार हाल्न कुरेर बसेका हुन्छन् ।
अन्य देशका सकारात्मक विषयलाई कहिल्यै महत्व भारतीय टेलिभिजन प्रस्तोताहरु कुनै नकारात्मक परिघटना हुनासाथ ठूलो स्वरमा फलाक्न थालिहाल्छन् ।
अहिले नेपालका विषयमा यस्तै समाचार र टिप्पणीहरु भारतीय टेलिभजनमा देखिन थालेका छन् । हालै न्युज २४ नामक एक भारतीय टेलिभिजनले नेपालमा भयानक आर्थिक संकट उत्पन्न भएको भन्दै रिपोर्ट प्रशारण गरेको छ । नेपाल निकट भविष्यमा नै श्रीलंकाको बाटोमा जाने उक्त रिपोर्टको निस्कर्ष छ ।
रिपोर्टमा भनिएको छ, ‘नेपालको विदेशी मुद्रा कोष खाली हुन लागेकोले नेपालमा श्रीलंका जस्तै भोकमरीको अवस्था आउन सक्छ । त्यसको लक्षण देखा पर्न सुरु भइसकेको छ ।’

नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले सवारीसाधन तथा अत्याआवश्यक बाहेकका विलासी वस्तुहरुमाथि आवधिक रोक लगाएको विषयलाई रिपोर्टमा तोडमोड गरी अतिरञ्जित ढंगले प्रस्तुत गरिएको छ ।
नेपालीहरु भोक र प्यासले तड्पिरहेको दावी गर्दै समाचारमा नेपाल श्रीलंकाजस्तै बर्बादीतिर धकेलिएको समाचारमा उल्लेख छ ।
समाचार प्रस्तोता चिच्याउँदै भन्छिन्, ‘नेपालमे भुकमरीके चिंगारी भड्कने लगे हे । नेपालका विदेशी मुद्राकोष खाली होने लगा है । तस्वीर साफ है, नेपाल भुक ओर प्यास से तडपने लगा है । नेपालकी सडको पर भुककी आग लगने लगि है । नेपालमै त्राहीमाम मच्ने बाला है । किसी वक्त नेपालमै बरवादीका बम फट सक्ता है ।’
उक्त टेलिभिजनले नेपालमा विगतका राजनीतिक आन्दोलनमा भएका प्रदर्शनका फुटेजहरुलाई दुरुपयोग गरिएको छ । ती प्रदर्शनलाई नेपालमा भोकमरि विरुद्ध जनता सडकमा उत्रेको भन्दै दुष्प्रचार गरिएको छ ।
रिपोर्टले नेपालको व्यापार घाटा चुलिएको, कोभिड महामारीले आक्रान्त तुल्याएको, पर्यटनमा गिरावट लगायतका आधारहरु देखाएरु नेपालको ढुकुटी रित्तिएको उल्लेख गरिएको छ ।

Leave a Reply