काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-१ नयाँ बस्तीस्थित एक किराना पसलअघि भेटिएको ५० हजार रुपैयाँको ‘बिटो’ प्रहरीलाई बुझाइएको छ ।
४० वर्षीय सम्झना पन्तले ५ सय दरका एक हजार थान नोट रहेको रकम स्थानीय प्रहरीलाई बुझाएकी हुन् ।
महानगरीय प्रहरी वृत्तमा बुझाइएको उक्त रकम लिनका लागि आउन सम्बन्धित धनीलाई आग्रह गरिएको छ ।
पैसा कसको हो भन्ने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply