माधव नेपालको आह्वान : गफाडीलाई गफ गर्न दिऊँ, हामी काम गरेर देखाउँ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको भविष्य सुन्दर रहेको बताएका छन् । भृकुटीमण्डपमा आयोजित जनसभामा बोल्दै उनले आफ्ना कार्यकर्तालाई गफभन्दा काम गरेर देखाउन सन्देश दिए ।

एकीकृत समाजवादीतर्फ व्यापक जनलहर देखिएको भन्दै नेपालले आफ्नो पार्टीले समाजमा विचारको नयाँ तरङ्ग उब्जाएको बताएका थिए ।

उनले भने, ‘हामीले विचार र व्यवहारमा नयाँ उदाहरण प्रस्तुत गरेका छौँ । तपाईँहरू यो विश्वासका साथ अघि बढ्नुस् कि हाम्रो पार्टीको भविष्य छ । यही पार्टीको भविष्य छ ।’

निराश मान्छेले गरिखान नसक्ने भन्दै उनले आँटका साथ अघि बढ्न कार्यकर्तालाई आग्रह गरे । नेपालले एमाले अध्यक्ष केपी ओलीलाई ईंगित गर्दै गफाडीहरूलाई गफ गर्न दिनुपर्ने बताए ।

‘गफाडीहरूको कुनै काम छैन । गफाडीलाई गफ गर्न दिनुस्, अरूको अपमान गर्न दिनुस् । हामी काम गरेर देखाउन् । इमानदारिता र निष्ठाका साथ देश रूपान्तरणमा अघि बढौँ,’ नेपालले भने ।

विभिन्न जिल्लामा एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर चलिरहेको उनले जानकारी दिए ।

‘हिजो मात्रै काठमाडौँमा चार्टर्ड एकाउन्टेन्ट, वरिष्ठ अधिवक्ता जस्ता व्यक्तिहरू हाम्रो पार्टीमा प्रवेश गर्नुभयो । पूर्वमा इँटहरिदेखि सर्लाही र बारासम्मको माहौल पनि हाम्रो पक्षमा छ । सुदूरपश्चिममा हामी पहिलो छौँ । दुई नम्बरमा पनि केपी ओलीको पार्टीलाई हामीले पछाडि धकेलिसकेका छौँ । कर्णालीको जिल्ला जिल्लामा व्यापक संगठन बढिरहेको छ,’ नेपालले भने ।

Comments

2 responses to “माधव नेपालको आह्वान : गफाडीलाई गफ गर्न दिऊँ, हामी काम गरेर देखाउँ”

  1. सुभ Avatar
    सुभ

    माधब नेपाल जिउ होइन तपाईं जस्तो इन्डोपेसिफिक एजेण्ट हरुले बन्ने यहि हुन। अर्को कुरा भिक मागएर देचाउछु भन्नू लाज लाग्दैन? उल्टो घुमेको दिमाग जहिले नि उल्टो सोछ। देश नरहे तपाई अमेरिकीको दलाल जस्तो बन्न हामी सक्दैनौं ।

  2. ksp pyl Avatar
    ksp pyl

    हामी काम गराैं हाेईन दाम खाउँ ज्वाइँ भान्जालाई नियुक्ती दिलाउँ मस्ती गराैं, विदेशीकाे दलाली गराैं भन्नुपर्नेले काम गराैं रे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *