प्रचण्डको दावी- अदालत प्रयोग नगरेको भए सुर्य चिन्ह हाम्रो हुन्थ्यो, केपी गुट सडकमा पुग्थ्यो (भिडिओ)

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्व एमालेका नेता कार्यकर्ताले आफूलाई मदन भण्डारीको दर्जा दिन थालेपछि तत्कालीन नेकपामा केपी ओली गुटले आफूमाथि आक्रमण थालेको दावी गरेका छन् ।

चितवनको खैरहनीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफूले कार्यकारी अध्यक्षका रुपमा बैठक सन्चालन गरेपछि पूर्व एमाले समूहका केन्द्रीय सदस्यहरुले ‘हामीले तपाईंमा मदन भण्डारी देख्यौं,अब छाड्दैनौं’ भनेपछि ओली गुटका पाँच सात जनाले गौशालामा बैठक राखेर आक्रमण थालेको बताए ।

आफूले १९ बुँदे दस्तावेजमार्फत ओलीमाथि हमला गरेर पार्टीबाट उनलाई निष्कासन गर्न लाग्दा पार्टी प्रचण्डले कब्जा गर्ने भयो भनेर संसद विघटन गरेको प्रचण्डले बताए । उनले यो कुरालाई तलैसम्म लैजान कार्यकर्तालाई निर्देशन दिए ।

प्रचण्डले भने- प्रचण्डले पार्टी लग्यो भनेपछि ओली गुटले आक्रमण गर्न थाल्यो । यदि अदालत प्रयोग गरेर पार्टीलाई दुईटा नबनाएको भए आज नेकपा पनि हाम्रो हुन्थ्यो, सुर्य चिन्ह पनि हाम्रो हुन्थ्यो । एमाले भन्ने पार्टी रहदैन थियो । केपी ओली गुट पार्टीविहीन भएर सडकमा पुग्ने थियो । तर निर्वाचन आयोगले पनि समयमा निर्णय नदिँदा यो हालत भयो ।

अध्यक्ष प्रचण्डले माओवादी छाप भएको संविधान उल्टयउन खोजेपछि केपी ओलीको बुर्जुआ हेडक्वार्टरमा बमबार्ड गरिएको बताए ।

Comments

One response to “प्रचण्डको दावी- अदालत प्रयोग नगरेको भए सुर्य चिन्ह हाम्रो हुन्थ्यो, केपी गुट सडकमा पुग्थ्यो (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    भारतकाे दलाली गर्न उसैकाे निर्देशनमा ओलिमाथि आक्रमण् गर्नेले यस्ताे वाहियात कुरा गर्ने ? एमालेले न १ नम्बर अध्यक्ष दिन न प्रधानमन्त्री दिन प्रचण्डलाई एकीकृत गराएकाे हाे । याे त प्रचण्डलाई सिध्याउन गरेकाे हाे । अब सकिनेनै हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *