पहिलोपटक युक्रेनको पक्षमा खुल्याे भारत ,रसियाले युक्रेनको बुचा सहरमा भएकाे हत्याको गर्‍यो निन्दा

काठमाडौं । रसिया र युक्रेनको जारी युद्धमा तटस्थ रहँदै आएको भारतले पहिलोपटक युक्रेनको पक्ष लिएको छ ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद बैठकलाई सम्बोधन गर्ने क्रममा भारतले युक्रेनको बुचा सहरमा रसियाले गरेको हत्याको निन्दा गर्दै स्वत्नत्र अनुसन्धानको माग गरेको छ ।

सुरक्षा परिषद्को बैठकमा आफ्नो धारणा व्यक्त गर्दै संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि टीएस तिरुमुर्तीले बुचाबाट आएको हत्याको रिपोर्टलाई ‘भित्रैदेखि खलबल्याउने’ घटनाको रुपमा वर्णन गर्दै भारतले उक्त हत्यालाई ‘स्पष्ट रूपमा’ निन्दा गरेको बताए ।

उनले भने, ‘बुचामा भएको हत्याका रिपोर्टहरूले हामी अत्यन्तै विचलित भएका छौं । हामी स्पष्टतः यी हत्याहरूको भर्त्सना गर्छौं र स्वतन्त्र जाँचलाई समर्थन गर्छौ ।’

युक्रेनले बुचा सहरलाई पुनः आफ्नो नियन्त्रणमा लिए पश्चात ३०० भन्दाबढी नागरिकको शव बरामद गरेको छ भने कैयौं शवहरुको पछाडिबाट हात बाँधी अत्यन्तै नजिकबाट गोली हानिएको दाबी गर्दै रसियाले युद्ध अपराध गरेको आरोप लगाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *