गठबन्धन बैठकमा सुपारी आयातबारे चर्चा !

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा ‘सुपारी आयात’ को विषयले प्रवेश पाएको छ ।

मुलुकको अर्थतन्त्र ओरालो लागेको र विदेशी मुद्राको सञ्चिति कमजोर बन्दै गएको बेला सुपारी आयात गर्न लागिएको भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन बैठकमा सुपारी आयातबारे चासो राखेका हुन् ।

स्थानीय निर्वाचनको तालमेल लगायत विषयमा छलफल गर्न बसेको बैठकमा कांग्रेस नेता पौडेलले अर्थतन्त्र सुधारको विषय प्रवेश गराएका थिए । सोही क्रममा पौडेलले सुपारी आयात खुला गर्न लागिएको भन्दै त्यसले आयात बढ्ने र विदेशी मुद्राको सञ्चिति अझ कमजोर हुने बताए ।

‘अहिले अर्थतन्त्र डुब्न लाग्यो भनेका छन् । विदेशी मुद्राको सञ्चिति घट्दै गएको छ । यस्तो बेलामा फेरी सुपारी आयात कसले खोल्न लगाएको हो ?’, पौडेलले बैठकमा प्रश्न गरे । पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई अर्थतन्त्र सुधारका लागि ठोस कदम चाल्न आग्रह समेत गरेका थिए ।

पौडेलले चासोका साथ राखेको सुपारी आयातबारे अन्य नेताहरूले भने प्रतिक्रिया दिएनन् ।

यो पनि पढ्नुस् : उद्योगको नाममा सुपारी आयात खुल्यो, अनुमतिपत्र भने व्यापारिक फर्मलाई (सूचीसहित)

यो पनि पढ्नुस् : ५० करोडको डिल सफल- सुपारी, केराउ र मरिचको तस्करीका लागि आयात खुला

यो पनि पढ्नुस् : सुपारी आयात खुलाउन ५० करोडको डिल, यी हुन् खटाइएका विचौलिया

यो पनि पढ्नुस् : सुपारी तस्करीको लाइन खुलाउन आर्थिक चलखेल, आयात बन्देज हटाउन मन्त्रिपरिषदमा प्रस्ताव

Comments

One response to “गठबन्धन बैठकमा सुपारी आयातबारे चर्चा !”

  1. ksp pyl Avatar
    ksp pyl

    सुपारी आयात गर्न दिएर व्यापारीसँग ५० कराेडकाे भागभण्डा भएछ ।मैले पनि त गठबन्धन मिलाउन यत्राे दुख गरेकाे छु । भाग मागिएकाे हाेला सायद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *