एएफसीकप छनोट : ब्लुस्टार क्लबविरुद्ध मछिन्द्रको सुरुवाती ११

काठमाडौं । सहिद स्मारक‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको प्रारम्भिक चरणमा आज श्रीलंकाको ब्लुस्टार क्लबसँग केहिबेरमा प्रतिस्पर्धा गर्दै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा हुने खेलका लागि मछिन्द्रले सुरुवाती ११ सर्वाजानिक गरेको छ ।

हेर्नुहोस् मछिन्द्रको सुरुवाती ११ :

डिफेन्डरः ओमोलाजा कारिम, देवेन्द्र तामाङ, रन्जित धिमाल, छिरिङ गुरुङ
मिडफिल्डरः विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ(कप्तान), एन्डेस चोउनकेउ
फरवार्डः बिमल घर्ति मगर, नुर्लान नोब्रुजोभ
गोलकिपरः विशाल श्रेष्ठ

आजको खेलमा ब्लुस्टारलाई हराउँदै मछिन्द्र छनोटको दोस्रो चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रिने छ ।

यसअघि फाल्गुनमा सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगको सातौं चरणमा तालिकाको शिर्ष स्थानमा रहँदै मछिन्द्रले एएफसी कप छनोटमा स्थान बनाएको थियो ।

लगातार दुईपटक च्याम्पियन बनेको मछिन्द्रले अघिल्लो सिजन एएफसी कल्ब लाइसेन्स नपाएका कारण एएफसी छनोट खेल्न पाएको थिएन ।

यस्तै, ब्लुस्टार क्लबले श्रीलंका सुपर लिगमा नौं खेल खेल्दै सात खेलमा जित, एक बाराबरी र एक हारको नतिजा निकाल्दै २२ अंक जोडेर एएफसी कप २०२२ को प्रारम्भिक चरणमा स्थान पक्का गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *