बेदकोटका मेयर चन्द पाँच वडाध्यक्षसहित एमाले छाडेर नेकपा एसमा प्रवेश

कैलाली । कञ्चनपुरको बेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित नगर प्रमुखसहित पाँच जना वडाध्यक्ष र २२ जना वडा सदस्यहरू एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मेयर अशोक चन्द सहित पाँच अध्यक्ष, कार्यपालिका सदस्य र सदस्यहरूलाई पार्टीमा भित्र्याएका हुन् ।

गत पुसमा भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा पल्लवराज भट्टसँग सचिव पदमा पराजित भएपछि पार्टीभित्र असन्तुष्ट बनेका मेयर चन्द माधव नेपाल एमालेमा छँदा उनी निकट नेता हुन् ।

नगरप्रमुख सहित वडा नम्बर ३ का अध्यक्ष तिलक ठकुल्ला, ४ नम्बरका अध्यक्ष भास्कर भट्ट ७ नम्बरका वीर बहादुर डगौरा, ८ नम्बरका दुर्गासिंह भण्डारी र १० नम्बरका केशव रावल एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेको वडा नम्बर १० का वडा सदस्य डम्मर भट्टले जानकारी दिए ।

१० वडा रहेको बेदकोट नगरपालिकामा ८ वडा एमालेले जितेको थियो । अहिले ८ मध्ये ५ वडाध्यक्षहरू एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

कार्यपालिका सदस्यहरू निर्मला विष्ट चौधरी, पिंकी दमाईं, माया बोहरा, तारा रैका, दलवीर टमाटा, चेतराम कामी पनि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

वडा नम्बर १ का चारै जना वडा सदस्यहरू पनि समाजवादीमा प्रवेश गरेको भट्टले बताए ।

Comments

One response to “बेदकोटका मेयर चन्द पाँच वडाध्यक्षसहित एमाले छाडेर नेकपा एसमा प्रवेश”

  1. ksp pyl Avatar
    ksp pyl

    जिल्ला सचिवकाे चुनावमा प्रतिस्पर्धा गरेर हारियाे भनेर पार्टी छाडने भने पछि माधव कै चेलाे रहेछ । पद नपाए टिक्नै नसक्ने । यस्ता लाेभिलाई त एमालेमा ठाय दिनै हुदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *