बोलेरोको ठक्करबाट पैदलयात्रुको मृत्यु, एकजना घाइते

झापा । झापाको अर्जुनधारा नगरपालिका–६ पुष्पलाल चोकमा आज बिहान बाेलेराेको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्जुनधारा–६ कयका ५३ वर्षीय कृष्ण निरौला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सोही घटनामा बिर्तामोड–५ का ४५ वर्षीय अर्जुन उप्रेती सख्त घाइते भएका छन् ।

उनीहरुलाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–००१–च ९१०७ नंको बोलेरोले आज बिहान ५ः३० बजे ठक्कर दिएको थियो ।  घाइते उप्रेतीको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि चालक फरार भएका र बोलेरो नियन्त्रणमा लिएर अनारमनीस्थित इलाका प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *