लिखु तामाकोशी गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध मुद्दा, बिजुली विस्तारमा भ्रष्टाचारको आरोप

काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार अध्यक्ष खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरू राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाई, तत्कालीन लेखापालहरू दुर्गाबहादुर तामाङ र नोर्बु लामासहित विभिन्न उपभोक्ता समितिका पदाधिकारीविरुद्ध मुद्दा दायर भएको गरेको हो ।

अख्तियारले गाउँपालिका अध्यक्ष खड्काविरुद्ध ४ करोड २१ लाख ७ सय ६ रुपैयाँ, न्यौपानेविरुद्ध एक करोड १२ लाख ८२ हजार एक सय ७८ रुपैयाँ, तामाङविरुद्ध एक करोड २६ लाख ७५ हजार ५ सय ३ रुपैयाँ, चौलागाईविरुद्ध ३ करोड ८ लाख १८ हजार ५ सय २८ रुपैयाँ र लामाविरुद्ध २ करोड ९४ लाख २५ हजार २ सय २ रुपैयाँ बिगो दाबी गरेको छ ।

गाउँपालिकाअन्तर्गत ४ नम्बर वडाको बिजुलिकोट, वडा नं. ५ नागदह र वडा नं. १ दुरागाउँमा विद्युतीकरण गर्न विद्युतीय सामानहरु खरिद गर्दा खरिद समिति नबनाई टेन्डर तथा सूचना जारी नगरी आफूअनुकूको उपभोक्ता समिति गठन गरी उक्त कार्यको अनुगमन र प्राविधिक नापजाँच नगरी भुक्तानी दिई भ्रष्टाचार गरेको उजुरीको आधारमा अख्तियारले छानबिन गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *