कोठाबाट डेढ करोड बरामद : अग्रवालले कर छलीको रकम लुकाएको अनुसन्धान निष्कर्ष

काठमाडौं । भारतीय नागरिक अमित कुमार अग्रवालको कोठाबाट बरामद भएको रकम राजस्व छलीको भएको राजस्व अनुसन्धान विभागले निष्कर्ष निकालेको छ ।

गत महिना काठमाडौंको ताहाचलस्थित अग्रवालको कोठाबाट बरामद भएको १ करोड ५० लाख रुपैयाँ राजस्व छलीको भएको निष्कर्ष विभागले निकालेको हो ।

प्रहरीले अग्रवालको कोठामा दराजमा उक्त रकम लुकाएर राखेको अवस्थामा बरामद गरेको थियो ।

विभागले अग्रवालको नाममा दर्ता भएको विमला इन्टरप्राइजेजबाट हुने कारोबारको रकमलाई उनले डकुमेन्टमा नदेखाएर घरमा लुकाएर राख्ने गरेको दाबी विभागले गरेको छ ।

विभागका अनुसार उनले मूल्य अभिवृद्धि करतर्फ ३ करोड १७ लाख ९९ रुपैयाँ र आयकरतर्फ ८० लाख १४ हजार ७ सय ५३ रुपैयाँ छली गरेका छन् ।

विभागले ३ करोड ८० लाख रुपैयाँ ३१ हजार ८ सय ५२ रुपैयाँ बिगो र बिगो बराबरको जरिवाना माग गर्दै बुधवार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *