डुकुछापमा रोटरी क्लब सैबु भैंसेपाटीको सहयोगमा खानेपानी फिल्टर जडान

ललितपुर । रोटरी क्लब अफ सैंबु भैसेंपाटीले ललितपुरको डुकुछापमा खानेपानीको फिल्टर जडान गरेको छ । गोदावरी नगरपालिका वडा नम्बर ८ अधिकारी टोलमा वाटर फिल्टर जडान गरिएको हो ।

रोटरी क्लब अफ सैबु भैसेपाटीका अध्यक्ष मिलन थापाको आर्थिक सहयोगमा खानेपानी फिल्टर जडान गरिएको हो ।

ललितपुर महानगरपालिकासँग सिमाना जोडिए पनि विकट मानिएको सो क्षेत्रमा खानेपानी फिल्टर जडान गरेपछि करिब एक सय घर परिवार लाभान्वित भएका छन् ।

फिल्टर उद्घाटन कार्यक्रममा पूर्व अध्यक्ष मदन महतले सामाजिक कार्यमा समर्पित रोटरी क्लब सैबु भैसेपाटीले विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्दै आएको चर्चा गरे ।

उनले भने, ‘अहिले खानेपानीको अभाव बेहोरिरहेका डुकुछापवासीको पहिलो समस्या समाधान गर्न क्लबले मुख्य भूमिका खेलेको छ । फिल्टर जडान गर्न रोटरी क्लब अफ सैबु भैसेपाटीका अध्यक्ष थापाको ५ लाख १५ हजार आर्थिक सहयोगमा जडान गरिएको हो ।’

खानेपानीको फिल्टर जडान गर्न स्थानीय सानोभाई अधिकारीले जग्गा उपलब्ध गराएका थिए । फिल्टर जडान भएपछि मङ्गलवार आयोजित कार्यक्रममा अध्यक्ष थापाले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै उनले क्लबको सामाजिक उत्तरदायित्व बहन गर्ने योजना अनुसार सो परियोजना सञ्चालन गरेको बताए ।

उनले भने, ‘रोटरी क्लब अफ सैबु भैसेपाटीको यो सहयोगले स्थानीय अधिकारी टोलवासीलाई ठुलो राहत मिलेको छ ।’

कार्यक्रममा क्लबका पदाधिकारी पूर्व अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *