मेस्सी नेतृत्वको अर्जेन्टिनाको अपराजित यात्रा ३१ खेलमा

काठमाडाैं । अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रा ३१ खेलमा ल्याइपुर्‍याएको छ। विश्वकपको महादेशीय छनोटअन्तर्गत बुधबार बिहान अर्जेन्टिना, इक्वेडरसँग १-१ गोलको बराबरीमा रोकियो।

अर्जेन्टिनाले अन्तिमपटक सन् २०१९ को कोपा अमेरिकामा ब्राजिलसँग हार ब्यहोरेको थियो। त्यतिबेला ब्राजिलले अर्जेन्टिनालाई २-० गोलले हराएको थियो।

त्यसयता अर्जेन्टिनाले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा २१ जित र १० बराबरी खेलेको छ। अर्जेन्टिना लगातार तीन खेलमा बराबरीमा रोकिएको थियो।

यसबीचमा अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिकाको उपाधि जितेको थियो। सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेलको अपराजित यात्राका रुपमा विश्व कीर्तिमान इटालीका नाममा रहेको छ।

इटालीले लगातार ३७ खेलसम्म हार ब्यहोरेको थियो। गत वर्ष स्पेनसँग पराजित भएपछि इटालीको उक्त यात्रामा पूर्ण विराम लागेको थियो। यसपटक दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडरले विश्वकप खेल्ने निश्चित भएको छ। पेरुले भने प्ले अफ खेल्ने छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *