न्यायिक समिति महासंघको अध्यक्षमा पोखराकी उपमेयर गुरुङ निर्वाचित

पोखरा । न्यायिक समितिको राष्ट्रिय समिति गठन भएको छ । पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलनले पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा ११ सदस्यीय न्यायिक समिति महासंघ गठन गरेको हो ।

समितिमा विराटनगरकी उपमेयर इन्दिरा कार्की, धरानकी उपमेयर मन्जु भण्डारी, धुलिखेलकी विमलाकुमारी शर्मा र फलेवासकी मञ्जु अधिकारी सदस्य छन् ।

कन्चनपुर पुनर्वासकी शारदा शर्मा विष्ट, सिम्ता गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही, रिव्दीकोटकी लक्ष्मी खनाल, सबैला नगरपालिका उपमेयर दुर्गा प्रसाद राय र जैमिनी नगरपालिका उपमेयर लिला थापा राना सदस्य छन् ।

समितिले न्यायिक समितिका अनुभव साझेदारी गर्ने तथा संविधान र ऐनको प्रभावकारी कार्यान्वयनमा सघाउने बताइएको छ । १४ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सकिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *