माधव नेपालको अभिव्यक्तिप्रति पूर्वप्रधानसेनापतिको आपत्ति, भन्छन्- ‘टोटल्ली फल्स’ कुरा हो

काठमाडौं। नेपाली सेनाका पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले सत्तारुढ नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

नेपालले आइतबार नेकपा एसनिकट समाजवादी प्रेस संगठनको विस्तारित बैठक समापनका अवसरमा बोल्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापतिसँग धेरैपटक बसेर गोप्य कुराकानी गरेको र बंगलादेशको मोडलमा चुनाव गराएर सत्ता कब्जा गर्ने षडयन्त्र गरेको सूचना सरकारी एजेन्सीहरुबाट आफूहरुले थाहा पाएको बताएका थिए ।

नेपालले राष्ट्रपति र प्रधानसेनापतिसँग धेरैपटक गोप्य कुराकानी गरेको र चोलेन्द्र शमसेरसँग मिलेर अदालत कब्जामा लिन खोजेको बताएका थिए । नेपालले सरकारी एजेन्सीबाट ओलीको दिमागमा के चलिरहेको थियो भन्ने सूचना पाएपछि यो सरकारले त्यसलाई असफल पारेको बताएका थिए ।

नेपालको अभिव्यक्तिप्रति नेपाली सेनासमेत गम्भीर भएको उच्च अधिकारीहरुले बताएका छन् । ओली प्रधानमन्त्री भएका बेलाका सेनापति थापाले भने नेपालको भनाइ निराधार र आपत्तिजनक रहेको प्रतिक्रिया दिएका छन् । नेपालले बोलेको भिडिओ नेपाल प्रेसमा आएको थियो ।

थापाले नेपाल प्रेससँग भने– मेरो स्वभाव पनि सबैलाई थाहा छ । उहाँले जुन अभिव्यक्ति दिनुभएको छ त्यो टोटल्ली फल्स छ । यस्ता कुराको कुनै जस्टिफिकेसन छैन । राष्ट्रपतिज्यू र प्रधानमन्त्रीज्यूसँग म त्यसरी कहिल्यै बसिँन र मलाई तत्कालीन सरकार वा प्रधानमन्त्रीले कहिल्यै त्यसो भन्नु पनि भएन । यो कुरा किन र कुन उद्देश्यले आएको हो जिम्मेवार व्यक्तिहरुले नेपाली सेनालाई यसरी विवादमा तान्न हुँदैन ।

के भनेका थिए नेपालले ?

त्यसबेला केपी ओलीले प्रधानसेनापतिसँग, राष्ट्रपतिसँग धेरैपटक गोप्य कुराकानी गरेका थिए । उनको दिमागमा बंगलादेश चलिरहेको थियो । चुनाव गराउने, ठटाउने, जम्मै सेटिङ मिलेकै थियो, निर्वाचन आयोगले चुनाव घोषणा गर्ने अनि कब्जा गर्ने ।

चोलेन्द्र शमसेरसँग हप्ताका दुई दिन बालुवाटारमा भेटेर स्थानीय चुनावम कुन कुन न्यायाधीश कहाँ खटाउने, अर्को प्रहरीका मान्छे बोलाएर कुन प्रहरी कहाँ खटाउने ? त्यो सबै वर्कआउट भएको थियो । सबै कुरा सरकारको एजेन्सीबाट थाहा पाइयो । मैले पनि सरकारका एजेन्सीबाट थाहा पाएँ । उनको त्यो दिमागमा चलिरहेको थियो ।

पुस ५ मा संसद विघटन गर्छु, दुईतिहाई बढी ल्याउँछु । कसैले चित्त नबुझे अदालत जान्छ । अदालत आफ्नै छ, उल्ट्याइदिन्छु । निर्वाचन आयोग आफ्नै छ, त्यसले नभए सम्पत्ति शुद्धीकरण लगाइदिन्छु । राजश्व अनुसधान लगाउँछु । व्यापारी छन् भने त्यहिँ सकिन्छन् । अरु कोही छन् भने छानबिनबाट त्यहीं झुण्डिरहेका हुन्छन् । साइबर स्याल खडा गरेकै छ, साइबर स्यालले हो हो भन्ने यस्तोसम्म थियो ।

हेर्नुहोस् भिडिओ

 

Comments

4 responses to “माधव नेपालको अभिव्यक्तिप्रति पूर्वप्रधानसेनापतिको आपत्ति, भन्छन्- ‘टोटल्ली फल्स’ कुरा हो”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    माधवकुमार नेपाललाई हामी एमालेहरूले कष्टकर भएरै सहेका थियौं विरोधी हरूले अनेकौं लांछाना लगाउथे जस्तै बिषबृक्ष नभाले नपोथी यस्ता यस्ता थुप्रै हामी कार्याकर्ताको मन रून्थ्यो तर पनि हाम्रो नेता हुन भन्ने लाग्थ्यो राम्रा छन भनेर सह्यौ तर अहिले उहाको व्यबहार देख्दा छि भन्न मन लाग्छ फेरि पनि सब्य भाषामा राजनीति गरे हुने कामना।

  2. गोकुल लामिछाने Avatar
    गोकुल लामिछाने

    यो माकुने जस्तो घटिया दरिद्रता भएको मान्छे सायद यो धर्ति मा अरु कोही होला!!

  3. nagendra Avatar
    nagendra

    यो एउटा नेताले हैन, एउटा ठग, जाली, फटाहा र झगडालु अनि मगज अट्ने खोपडी सानु भएको तुच्छ बुख्याचाले बोल्ने भाषा भयो !! जे नि बोल्दा भन्दा गर्दा हुन्छ भन्ने घुसेको दिमागमा मैमत्त माकुने पुरै सुमरिने दिन आएछ !! वास्तवमा माकुनेले भनेका कुरा अरुलाई हैन आँफैभित्रका आफ्नै मन भित्र भएका आकान्क्ष्या र मनका ‘लड्डु’ हरु ओकेलेको हो, त्यस्तै हुन्छन माकुनेका कुरा !!

  4. Madhav Poudel Avatar
    Madhav Poudel

    आफुले बेचेर हजम बनाउन लागेको जग्गामा बंकर खन्ने, अनि त्यहि केश बिउझाउने ? भन्छनि त भनेर भन्न नमिल्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *