काठमाडौं । ललितपुर प्रहरीले चितुवाको छालासहित एक जनालाई आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागलुङको तमान गाउँपालिका-४ स्थायी घर भई काठमाडौंको सामाखुसी बस्दै आएका २७ वर्षीय नरबहादुर गौतम रहेका छन् ।
ट्याक्सीमा सिमेन्टको बोराभित्र राखेर हिँडिरहेको अवस्थामा गौतमलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रवक्ता सिद्धिविक्रम शाहले जानकारी दिए ।
७ फिट ३ इन्च लम्बाई र ३ फिट ९ इन्च चौडाइ भएको छाला गौतमले विक्री गर्न बोकेर हिँडेको प्रहरीको दाबी छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply