निजामती कर्मचारीको पाँच महिना १५ दिनका लागि १० लाखको सामूहिक बीमा

काठमाडौं । सरकारले निजामती सेवाका सबै तहका कर्मचारीको पाँच महिना १५ दिनका लागि १० लाखको सामूहिक बीमा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चालू आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रम अनुसार संघीय निजामती कर्मचारीको सामूहिक दुर्घटना बीमा गर्ने कार्यक्रम अनुसार मन्त्रालयले चैत ६ गतेदेखि आगामी आर्थिक वर्ष २०७९ को भदौ २० गते सम्मका लागि १० लाखको सामूहिक बीमा गरिएको हो ।

मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी लिमिटेड काठमाडौँसँग सम्झौता गरेर संघीय निजामती सेवाका सबै स्थायी कर्मचारीको सामूहिक दुर्घटना बीमा गरेको जानकारी सबै निकायमार्फत कर्मचारीलाई जानकारी गराइएको मन्त्रालयको कर्मचारी कल्याण शाखा प्रमुखसमेत रहेका उपसचिव हरिप्रसाद ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार बीमाले समेट्ने प्रमुख विषय तथा सुविधा, घटनाको जानकारी, दाबी प्रक्रिया, आवश्यक पर्ने कागजात र अन्य विषयमा सम्बन्धमा मन्त्रालयको वेबसाइट तथा राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा जानकारी लिन सकिने छ ।

राष्ट्रिय बिमा कम्पनी लिमिटेडको पायक पर्ने शाखा कार्यालयबाट पनि बिमा दाबीको कागजात पेस गर्न सकिनेछ ।

आर्थिक वर्ष २०७८/०७९ को आयव्ययको सार्वजनिक जानकारी वक्तव्यको बुँदा नम्बर ४ सय नौ मा निजामती कर्मचारीको १० लाखको सामूहिक दुर्घटना बीमा गर्ने विषय उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *