५५ लाख रुपैयाँसहित दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरी प्रहरीले ५५ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

औरही नगरपालिका २ का २१ वर्षीय धिरज कुमार यादव र सोही ठाउँका १८ वर्षीय रमेश कुमार सहनी पक्राउ परेका हुन् । औरही नगरपालिका १ (बर्दिबास-जलेश्वर सडक) बाट उनीहरू पक्राउ परेको बताइएको छ ।

ज ९ प ८२४७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा ५५ लाख रुपैयाँ फेला परेको र स्रोत खुलाउन नसक्दा उनी दुवै जनालाई रुपैयाँसहित नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

बरामद रुपैयाँ र पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जलेश्वर पठाइएको डिएसपी विष्टले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *