राप्रपाको सल्लाहकार समिति अध्यक्षमा निरन्जन थापा मनोनीत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सल्लाहकार समितिको अध्यक्ष पदमा निरञ्जन थापा मनोनीत भएका छन् ।

पार्टीको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई अध्यक्षमा मनोनयन गरेकाे प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रूपन्देही निवासी थापा पञ्चायतकालीन गृहमन्त्री हुन् ।

राप्रपा महाधिवेशनपछि अध्यक्ष लिङदेनले उनलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

राप्रपाको विधानले सल्लाहकार समितिको गठन गर्ने अधिकार अध्यक्षलाई दिएको छ ।

अध्यक्षमा थापा चयन भएपनि अन्य पदाधिकारी र सदस्यहरु मनोनीत भएका छैनन् ।

Comments

One response to “राप्रपाको सल्लाहकार समिति अध्यक्षमा निरन्जन थापा मनोनीत”

  1. बिरेन्द्र ज्ञवाली Avatar
    बिरेन्द्र ज्ञवाली

    बधाई टक्र्याउँदछु, 🌺🌺

Leave a Reply

Your email address will not be published. Required fields are marked *