पदकै लागि बादलहरू एमालेमा गए : शिक्षामन्त्री पौडल

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले रामबहादुर थापा बादल लगायतका नेताहरू पदका लागि मात्रै नेकपा एमालेमा गएको बताएका छन् ।

बागलुङ को जैमिनी नगर माओवादी केन्द्रले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री पौडेलले रामबहादुर थापा बादल र टोपबहादुर रायमाझी लगायतका नेताहरू पदका लागि नै एमालेमा गएको बताएका हुन् ।

उनले भने, ‘बादल, टोपबहादुरलाई पार्टीले सरकारमा पठाएको थियो । पार्टीलाई धोका दिई पदकै लागि एमालेमा जानुभयो, अहिले माओवादीलाई सराप्दै हुनुहुन्छ ।’

आगामी स्थानीय तहको चुनावमा गठबन्धनका प्रयास भइरहेको उल्लेख गर्दै उनले पहिले आफू मजबुत हुनुपर्ने बताए ।

देशको परिवर्तनका लागि माओवादीले दुःख, कष्ट र त्याग गरेको बताउँदै देशमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न गठबन्धन गरेको बताए ।

मन्त्री पौडेलले समृद्धिको लागि समाजवादी क्रान्ति आवश्यक रहेको उल्लेख गर्दै माओवादीले ल्याएको परिवर्तनमा दलहरूले रजाइँ गरेको पनि बताए।

माओवादीले केन्द्रीय महाधिवेशनपछि गैरभौगोलिक सहित १० प्रदेशमा प्रशिक्षण सकिसकेको भन्दै पार्टीले कार्यसम्पादनका लागि कमाण्ड तयार परेको उनले बताए ।

प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चाबाट विक्रम आचार्यसहितका युवा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

Comments

One response to “पदकै लागि बादलहरू एमालेमा गए : शिक्षामन्त्री पौडल”

  1. ksp pyl Avatar
    ksp pyl

    पदकै लागि बाबुराममा लागेकाे हाेईन प्रचण्डलाई गाली गर्दै ? पदै त बादलले एमालेमा भन्दा ठूलाे पाउथे । मन्त्री खान नपाएकाे भए तिम्राे हालत के हुन्थ्याे हामीलाई थाहा छ । आत्महत्या गर्छु क कसले भन्याे हामीलाई थाहा छ । फुर्ति लगाउने ? बादल तिमीहरूजस्ताे लाेभी भन्ठानेकाे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *