रामचन्द्र भन्छन्- चुनावी तालमेल गरेर गठबन्धन बचाउनुपर्छ, धेरै केन्द्रीय सदस्य तालमेलको पक्षमा छन्

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी केन्द्रीय कार्य समिति बैठकमा धेरै केन्द्रीय सदस्यहरूको धारणा चुनावी गठबन्धनको पक्षमा आएको बताएका छन् ।

केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग अनौपचारिक कुरा गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय लिने जानकारी दिए । उनका अनुसार कुन स्थानीय तह कसले लिने भन्न निर्णय भने पछि नै हुनेछ ।

पौडेलले भने– कुन स्थानीय तह कसले लिने भन्ने त पछि निर्णय गर्ने कुरा हो । चुनावी तालमेल गरेर गठबन्धन बचाएर लानुपर्ने आवश्यकता छ । धेरै केन्द्रीय सदस्यहरूको धारणा तालमेलको पक्षमा आएको छ। कहाँ कहाँ लिने, कहाँ कहाँ छाड्ने भन्ने त पछि सल्लाह हुन्छ । यो बैठकले चुनाव बारे सैद्धान्तिक निर्णय गर्छ ।

पौडेल शुरुदेखिनै चुनावी गठबन्धनको पक्षमा छन् ।

Comments

2 responses to “रामचन्द्र भन्छन्- चुनावी तालमेल गरेर गठबन्धन बचाउनुपर्छ, धेरै केन्द्रीय सदस्य तालमेलको पक्षमा छन्”

  1. LEKH NATH PAUDEL Avatar
    LEKH NATH PAUDEL

    आफ्नो जनाधार कमजोर देख्ने, पाँच वर्षको अवधिमा लोकप्रिय काम गर्न नसकेका र विवादित बनेका नेताहरू यतिबेला बाम एकता, चुनावी तालमेल र सहकार्यको पक्षमा उभिरहेका छन् ।

  2. shojhoketo Avatar

    खुब खाउला राष्ट्रपति , इस !!!!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *