जिरीखिम्ती । तेह्रथुम मध्य पहाडी राजमार्गको ट्रान्जिट बजार जिरीखिम्तीमा पहिलो वृद्धा विश्राम निर्माण भएको छ ।
म्याङ्लुङ नगरपालिका—९ को विश्राममा ज्येष्ठ नागरिकको सेवा हुने अध्यक्ष भर्त बहादुर सिंजागु (लिम्बू) ले जानकारी दिए ।
२०७२ सालमा देउसी खेलेर तयार भएको अवधारणामा स्थानीय र प्रदेश सरकारदेखि नागरिक तहको सहयोग आएको लिम्बुले जानकारी दिए । साढे तीन तले विश्राम भवन ५५ लाख हाराहारी रकममा तयार भएको हो ।
विश्रामको उद्घाटन एक औपचारिक कार्यक्रमबाट शनिबार दिउँसो भएको थियो । प्रदेश सांसद तथा पूर्व उद्योग,पर्यटन, वन तथा वातावरणमन्त्री लछुमन तिवारी, म्याङ्लुङ नगरपालिकाका मेयर संजय कुमार तुम्बाहाङफे र समाजसेवी राधिका पोख्रेलले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
१० लाख ११ हजार १ सय ११ चन्दा दिएर जग्गा खरिदमा समेत सहयोग गरेकी पोख्रेललाई स्थानीयले पञ्चेबाजा देखि च्याब्रुङ बजाएर स्वागत गरेका थिए । विश्रामलाई तेह्रथुमकै नमुना विश्राम बनाइने अध्यक्ष लिम्बूले नेपाल प्रेसलाई बताए ।


Leave a Reply