महोत्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

महोत्तरी । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डस्थित चाँदनी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–२१ कुर्थाका ४५ वर्षीय उपेन्द्र महासेठ रहेका छन् ।

प्र–२–०२–००३ प ७८७५ नं को मोटरसाइकलमा चढेर जनकपुरबाट जलेश्वर जाँदै गरेको अवस्थामा तीव्र गतिका कारण आफैँ अनियन्त्रित भई जिल्लाको पिपरा गाउँपालिका–५ चाँदनी चोक नजिकै मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उपेन्द्रको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *