प्रचण्डलाई कोइरालाको जवाफ- गठबन्धन केन्द्रबाट गरे पनि जिताउने त चितवनकैले होला नि ? (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवनका नेता दिनेश कोइरालाले माओवादीले २०७४ सालमा गल्ती भयो भनेर माफी माग्दै विनाशर्त समर्थन गर्ने भने मात्र चितवनमा गठबन्धन हुने बताएका छन् ।

केन्द्रीय कार्य समिति बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै कोइरालाले २०७४ को स्थानीय चुनावमा कांग्रेसको भोटबाट जितेर माओवादीले संसदीय चुनावमा एमालेलाई भोट हालेको बताए । कोइरालाले त्यस बेला मेयरमा रेणु दाहाललाई छाडेका थिए ।

सानेपामा कोइरालाले भने– गठबन्धन केन्द्रबाट गरे पनि जिताउने त जिल्लाले होला नि ? भरतपुर मात्र होइन समग्र चितवनमा गठबन्धन हुन्छ भने विगतमा कांग्रेसलाई धोखा दिएको छ । इमानदारीपूर्वक विनाशर्त कांग्रेसलाई सहयोग गर्छौँ भन्छ भने माओवादीसँग सहकार्य हुनसक्छ ।

कोइरालाले आफू व्यक्तिगत रूपमा गठबन्धनको विपक्षमा रहेको र बैठकमा पनि त्यही कुरा राखेको बताए ।

नेकपा र एमाले समेत विभाजन भएको बेलामा पनि कांग्रेस एक्लै नलडे कहिले लड्ने भन्ने प्रश्न कोइरालाले गरे ।

Comments

2 responses to “प्रचण्डलाई कोइरालाको जवाफ- गठबन्धन केन्द्रबाट गरे पनि जिताउने त चितवनकैले होला नि ? (भिडिओ)”

  1. Suryakala gaire Avatar
    Suryakala gaire

    बिल्कुल सहि भन्नुभो

  2. लक्ष्मीकान्त कोईराला Avatar
    लक्ष्मीकान्त कोईराला

    चितवनमा नेपालीकाङरेसले कुनैपनि इतर पार्टिसंग सहकार्य र गठबन्धन गर्नु आफ्नै घुंडोमा बञ्चरो हान्नुबराबर हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *