भेडाकाे ऊनबाट आत्मनिर्भर बनाउन किसानलाई तालिम

जुम्ला । जुम्लाकाे  तातोपानी गाउँपालिका- ७ सर्मीका किसानलाई मेसिनबाट राडीपाखी बुन्ने सिप प्रदान गरिएको छ । स्थानीयको आम्दानीको स्रोत भेडापालन भएकाले उनीहरूलाई भेडाकाे ऊनबाट आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाका २१ किसानलाई सिप प्रदान गरिएको हो ।

भेडाको ऊनबाट राडीपाखी, स्वीटर, पाखेकोट, मफलर, लिउ लगायतका सामाग्री बनाउने सिप प्रदान गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए । यसअघि यी सबै सामाग्री बुन्नको लागि पुरानो परम्पराको चाँद प्रयोग हुँदै आएको थियो ।

एक राडीपाखी, लिउ र पाखेकोट बुन्न करिब एक हप्ताको समय लाग्ने गरेकोमा कर्णाली प्रदेश सरकार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले मेसिन उपलब्ध गराएर मेसिनबाट राडीपाखी बुन्ने सिप दिएपछि निकै राहत भएको सर्मीगाउँका स्थानीय चन्द्रबहादुर कुँवरले बताए । आफुले  मेसिनले राडीपाखी बुनेर आत्मनिर्भर बन्ने सपना बोकेको उनकाे भनाइ छ।

मेसिनबाट राडीपाखी बुन्ने सिप २१ जनाले प्राप्त गरेका लर उनिहरुलाई  राडीपाखीबाटै  आत्मनिर्भर हुन प्रेरित गराइने गाउँपालिका ध्यक्ष नवराज न्यौपानले बताए  । सर्मीगाउँ राडीपाखी पर्याप्त बुनेर बजारसम्म लैजाने वातावरण आफुहरुले बनाउने उनकाे भनाइ छ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *