काठमाडौं । पूर्वउद्योग राज्यमन्त्री तथा उद्योगी मोतिलाल दुगडले नेपालमा आर्थिक संकट घोषणा गनुपर्ने बेला भएको बताएका छन् ।
शुक्रबार सिंहदरबारस्थित अर्थसमितिमा निजी क्षेत्रसँगको भएको छलफलमा पूर्व राज्यमन्त्री दुगडले नेपालमा आर्थिक संकट घोषणा गर्नुपर्ने समय भइसकेको बताएका हुन् ।
नेपालको आर्थिक अवस्था खराब भएकोले सबै दल मिलेर छ्लफल गरी आर्थिक संकट घोषणा गर्नुपर्ने बताए ।
उनले भने,‘श्रीलंकामा कापी किन्न समेत पैसा नभएर समस्या भएकाले बेलैमा नेपालले पनि बिचार गर्नुपर्ने छ ।’ उनले यो सरकारले निजी क्षेत्रको लागि केही नगरेकाले निजी क्षेत्र समस्यामा पर्दै गएको गुनासो गरे ।

Leave a Reply